धनुषामा मोटरसाइकल दुर्घटना, पत्रकार यादवको मृत्यु
धनुषा | बैशाख ११, २०८१
जनकपुरधाम: धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक विनयकुमार यादव छन् ।
आज बिहान करिब ४ बजे उनले चलाएर जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका ६ स्थित जनकपुर ढल्केबर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान करिब ६ बजे मृत्यु भएको थियाे । मृतक २८ वर्षीय यादव धनुषाधाम नगरपालिका ५ का स्थानीय बासिन्दा हुन् ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार यादवका छिमेक ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन् ।
बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत पनि भएको छ । पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा...
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभ...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

